नियम २३
नक्सा स्रेस्ता अद्यावधिक गर्ने कार्यमा सहयोग गर्नु पर्ने

(१) यस परिच्छेद बमोजिम नक्सा स्रेस्ता अद्यावधिक गर्ने कार्यका लागि नगरपालिका, गाउ“ विकास समिति तथा
सम्बन्धित सरकारी कार्यालयहरूले आ˚्नो तर्˚बाट भए गरेका निर्माण कार्यको विवरण सहितको जानकारी नापी शाखालाई समयमै उपलब्ध गराई सहयोग गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जानकारी प्राप्त हुन आएपछि कित्ता नापीको नक्सा सम्बन्धित नापी शाखाले र अन्य नक्सा विभागले अद्यावधिक गर्नु पर्नेछ ।